विराटनगर । एमाले मोरङ अध्यक्षसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षलाई पराजित गर्दै सो टिम बिजयी भएको हो ।
अध्यक्षमा अजम्बर राई निराजित भए । मोरङ जिल्ला नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए । पूर्वराष्ट्रपति भण्डारी समूहबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए ।
अध्यक्षमा राईसहित नेताहरूको प्यानल नै निर्वाचित भएको हो । राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारी समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् ।

