आज राजधानी काठमाडौा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोटरसाईकल जुलुस निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आज बृहत मोटरसाइकल र्याली गरेको हो ।
बबहरमहलबाट शुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबार मार्गस्थित नारायणहिटी अगाडि पुगेर कोणसभामा परिणत भएको
छ । त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट नारा जुलुस गर्दै राप्रपाका कार्यकर्ता बबरमहलमा भेला भएका थिए ।
त्यस्तै, एक टोली माछापोखरीबाट नारा लगाउँदै मिस्किएको टोली नयाँ बसपार्क, बिष्णुमति करिडोर, नयाँ बजार, सोह्रखुट्टे, ठमेल, दरबारमार्ग हुँदै बिजुलीबजार आइपुगेको थियो ।
जुलुसका क्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावादु, राजा आउ देश बचाऊ जस्ता नारा लगाइएको छ ।
शक्तिमा फर्किने पूर्वराजाको चाहनालाई हर हालतमा पूरा गराउने बाचासहित राप्रपा, राप्रपा नेपाल लगायतका राजनीतिक दल तथा विभिन्न समूहमा छरिएर रहेका राजावादीहरु सडकमा आएका छन् ।

