बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ। घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको बताएका छन् ।