लकडाउन हटाईए कोरोना आगोसरी सल्किन सक्छ

डब्यूएचओ

२४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड–१९ लामो समयसम्म रहने बताएका छन् ।

अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किन सक्छ ।

विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे । उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड–१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए ।

‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन् ।

डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड–१९ लाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो । मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो ।

महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो ।

‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ । भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ ।