प्रदेश २ का राज्यमन्त्रीका स्वकीय सचिव र चालकलाई कोरोना संक्रमण

२४ जेठ, काठमाडौं । प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा राज्यमन्त्री यादवका स्वकीय सचिव र सबारि चालकमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

प्रदेश २ का सांसद, कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको आइतबार, सोमबार र मंगलबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।