विराटनगर । नेकपा माओवादी केन्द्रले केही दिनअघि बाट सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज माओवादी टोली सुनसरी पुगेको छ।
माओवादीको यो अभियान अन्तर्गत फागुन १६ गते भोलि सप्तरी, १७ गते पर्सि सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया राखेको छ । त्यस्तै फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया राखेको छ ।
त्यस्तै फागुन २६ गते नवलपुरमा, २७ गते नवलपरासी पश्चिममा,२८ फागुनमा रुपन्देहीमा कार्यक्रम तय भएको छ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना तय भएको छ । त्यस्तै चैत ४ गते बाँके, ५ गते बर्दिया, ६ गते कैलाली र ७ गते कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन कार्यक्रम रहेको छ ।