काठमाण्डौ र भक्तपुर गरी ५ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित भेटिएका बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।