काठमाडौं । आज शिवरात्री पर्व । भगवान शिवको जन्मदिन । यस अवसरमा पशुपति क्षेत्रमा भक्तजनहरुको उल्लेख्य मात्रामा घुईचो लागिरहेको छ । बिहानै देखि भक्तजनहरु भगवान शिवको दर्शनका लागि लाइनबद्ध भएर बसिरहेका छन् । प्राप्त सूचना अनुसार अहिले ११ः ३० बजेको समयसम्म गरिब दुई लाखको हाराहारीका भक्तजनहरुले पशुपतीनाथको दर्शन गरिसेका छन् । आज महाशिवरात्री पर्व परेकाले पशुपतिका चारवटै ढोका बिहान २ बजेदेखि नै खुला गरिएका थिए ।
दर्शनार्थीले पशुपतिनाथको दर्शन साँझ ६ बजेसम्म गर्न पाउनेछन् । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीहरूको सुरक्षाको लागि करिब पाँच हजार सुरक्षाकर्मीहरू परिचालन गरेको छ । पशुपति क्षेत्रमा भक्तजनहरुलाई भगवान शिवको दर्शनमा कुनै कठिनाई र समस्या नओस भनेर सो क्षेत्रको ट्राफिक व्यवस्था समेत कडाई गरिएको छ । चवहिलबाट यता पुरानो बानेश्वरबाट उता, एयरर्पोटबाट उता, रातोपुलबाट, कालोपुलबाट माथितिर सवारी साधनलाई छिर्न दिइएको छैन ।