काठमाडौं । भाषाविद चूडामणि गौतमको निधन भएको छ । मृगौला रोगबाट पीडित ८१ वर्षीय गौतमको सोमबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२००० असोज १ गते तेह्रथुममा जन्मिएका गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् ।
नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन् ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।