Breaking News

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो साँझ बडीगाड गाउँपालिका–९ दर्लिङस्थित भित्री सडकमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।

घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड–९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड–९ खहरेका ३० वर्षीया सिता पौडेल र बडिगाड–९ खहरेका हिमाल घर्ती मगर चालक रहेकाछन् ।