ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ।
गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो।
त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाग्लो हिमपात भएको छ।
‘यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो। तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ।
पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तीर्थयात्रीलाई भने प्रभाव नपरेको बताइएको छ ।

