Breaking News

सिसिएमसीद्धारा असार १ गतेबाट आन्तरिक हवाई उडान खोल्न प्रस्ताव

२३ जेठ, काठमाण्डौ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव गरेको छ ।

सिसिएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुल्ला गर्ने उल्लेख छ ।

समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव लागू हुने छ ।

यदि सो निर्णय भएमा असार १ देखि आन्तरिक उडानका जहाजहरु उड्न थाल्नेछन् तर कुल क्षमताको ४० प्रतिशतमात्र यात्रु बोकेर ।

यद्यपी एयरलाइन्सहरुले सीमित क्षमतमा जहाज उडान सम्भव नहुने प्रतिक्रिया दिंदै आएका छन् ।

उडान खुला भएपछि यात्रु तथा एयरलाइन्सहरुले पालना गर्नुपर्ने निर्देशिका नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै तयार पारिसकेको छ ।