Breaking News

विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने – माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष माधवकुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले संसद्को अधिवेशन बोलाउने बेला, संसदीय समितिमा विचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

संसद् आह्वान गर्न छाडेर बिचौलियाहरूको प्रभावमा परेर सरकारले हतार हतार अध्यादेश ल्याएको आरोप लगाए । अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्ति पूर्ण रहेको उनले बताए । अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जाल सम्बन्धी विधेयक अघि सारेको जिकिर गरे । उनले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमले कसैको विरोधमा समाचार लेख्न अवस्था नहुने बताए ।

उनले सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिएका हुन् । अध्यक्ष नेपालले जनतामाझ गएर जनताका मुद्दालाई उठान गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले आफ्नै पहलमा नेकपा ९माओवादी केन्द्र० सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो रु हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्‍यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौँ । दुवैले सल्लाह गर्‍यौँ । प्रचण्डजीले तपाईँले भूमिका खेल्नुस्
भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ ।’