काठमाडौँ । आज पोखरामा भ्रमण को उद्घाटन थियो । सोही उद्घाटन गर्न काठमाडौबाट संघीय सरकारका अर्थमन्त्री प्रमुख तिथिको रुपमा थिए । टेबुलमा राखिएको बुद्युतीय बटमबाट भ्रमण वर्षको उद्घाटन गरेर बेलुन उडाउन भनेर एक सिडी तल झरेर अर्थमन्त्री र पोखरा महानगरपालिका मेयर धनराज आचार्यले एकैपटक फुकेको बेलुनको झुप्पा समाप्त के लागेका थिए एकाएक बेलुनको झुप्पा एकैसाथ फुटेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । मन्त्री पोखरेलले भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा झिर्झिरे क्यान्डिलको झिल्का परेर उक्त दुर्घटना भएको बताइएको छ ।
सो दुर्घटनमा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई प्राथमिक उपचारका लागि गण्डकी अस्पताल लगिएको थियो । त्यहाँ उपचारका हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टमार्फत काठमाडौँ ल्याइएर दुवै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइहेको छ । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेको अस्पतालका उपचार गरिरहेका डाक्डले बताए । उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता देखिएको बताइएको छ।