Breaking News

श्री जनकल्याण माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण समारोह

जलजला । नागलिवाङस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा श्रीपञ्चमी सरस्वती पूजाको अवसरमा एक विशेष समारोहका बीच विद्यालयलाई चारवटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ स्मार्ट बोर्डहरू विद्यालयका मानार्थ सदस्य तथा अक्षय कोष दाता बहादुर खत्रीका छोरा एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर केसी, सूर्यू तथा उनका दाजु, बेल्जियम निवासी अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष झलक बहादुर केसी, ल्च्ल् बेल्जियमका पूर्व अध्यक्ष खड्कबहादुर केसीको विशेष पहलमा प्राप्त आर्थिक सहयोगमार्फत उपलब्ध गराइएको हो।

स्मार्ट बोर्डहरू Sol Vator Hulp and Bikash ,Belgium को आर्थिक सहयोगमा, ९ लाख ५० हजार रुपैयाँ बराबरको लागतमा विद्यालयलाई हस्तान्तरण गरिएको हो। उद्घाटन समारोहमा विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।