Breaking News

रवि लामिछाने ५४ लाख धरौटीमा राखेर रिहा

काठमाडौँ । चितवनको सहारा सहकारीको रकम हिनामिना बारे पुन परेको रिटमा आज चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पीडा परिवर्तन जन्मिने बेलाको पिडा भएको बताए । उनले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए । उनले ५४ लाखको धरौटी बैक ग्योन्टी राखेर थिए ।

सभापति लामिछानेलेले भने, परिवर्तन जन्मिएरै छोड्ने बताए । चितवनले परिवर्तनका लागि उद्घोष गरिसकेको हो । अघिल्लो पटक निर्वाचनमा नै यो व्यक्ति चुनेको होइन देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देश व्यापी हुन्छ ।

सभापति लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो । यहाँ देवता जस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु । चितवनवासी आमाबुबा, दिदिभाईहरुले मेरो न्यायका लागि बारम्बार लड्नुभएको छ ।’

सभापति लामिछानेले परिवर्तनको लडाइँ अझै बाँकी रहेको बताए ।