Breaking News

रास्वपा सभापति रवि लामिछानेसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

२५ पुस, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयामा धरौटीमा छाड्ने आदेश दिएकाले प्रहरीले आज छाड्दै छ ।

कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

तर उनको नाममा काठमाडौंमा समेत मुद्दा परेकाले कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागिएको छ ।

आज बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।