विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ।
११६ वर्षको उमेरमा शनिबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्।
गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो।
सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए।
सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो।
अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।