Breaking News

सभापति रवि लामिछानेलाई अफ्ठ्यारो पार्नेगरी मात्रै सहकारी सम्बन्धी अध्यादेश ल्याइयो

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको सांसद गणेश कार्कीले जानकारी दिए ।

‘रास्वपा सभापति रवि लामिछानेलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ’, उनले भने ।

सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको उनले बताए ।

त्यस्तै, उनले सभापति लामिछानेमाथि राजनीतिक दलहरूबाट प्रतिशोध साँधिएको बारेमा पनि छलफल हुने बताइएको
छ । जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने बारेमा पनि छलफल हुने उनको भनाई छ ।

उनले भने, ‘दुई दिने केन्द्रीय समितिको बैठकमा छौँ । राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अप्ठ्यारो अवस्था सिर्जना भइरहेको छ । पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका छन् ।’

रास्वपा