छोरी बचाउन जाँदा आमा पनि आगोमा जेलर मृत्यु

२२, जेठ विराटनगर । । आज बिहान सवा ८ बजेबाट धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो

दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

आगलागी सुरु भएपछि स्थानीयले ८७ वर्षीय आमा धनमायालाई घरबाट निकालेका थिए । तर छोरी कोठाभित्रै रहेको थाहा पाएपछि उनी आफै निकाल्न पसिन् । स्थानीयको भनाई उदृत गर्दै डीएसपी न्यौपानेले भने ‘एक्कासी आगो बढेका कारण बाहिर दुवैजना निस्कन सक्नु भएन् ।

आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन् ।

आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको डीएसपी न्यौपानेले बताएका
छन् ।