Breaking News

सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले इरानसँग कुनै सहयोग नमागेको बताए

तेहरान । इरानका विदेशमन्त्री अब्बास अरागचीले सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले इरानसँग कुनै सहयोग नमागेको बताएका छन् । अरागचीले आइतबार इरानी सञ्चारमाध्यमलाई उक्त बयान दिएका हुन् ।

इरान पूर्वराष्ट्रपति असदको सहयोगी रहेको छ । अब्बास अराघचीले भने, ‘हामीलाई कहिल्यै मद्दत गर्न भनिएको थिएन तर मूलतः यो सिरियाली सेनाको काम थियो, हामीले यसलाई आफ्नो कर्तव्यको रूपमा लिइरहेका छैनौँ।’
उनले थप भने, ‘यसमा अचम्मको कुरा के छ भने सिरियाली सेनाले विद्रोहीलाई रोक्न सकेन र यो सबै चाँडै भयो।’
यसैबिच रुसी सञ्चारमाध्यमले मस्को पुगेका बशर अल असद र उनको परिवारले राजनीतिक शरण लिन सक्ने बताएका छन् । गत हप्ताको सुरुमा, विद्रोहीहरूले सिरियाका सहरहरू द्रुत रूपमा कब्जा गरे, जसको परिणाम स्वरूप तत्कालीन सिरियाली राष्ट्रपति असदले देश छोड्नु परेको थियो।

एजेन्सी