सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आइतबार दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ।
जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो।
जनपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो।
लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।
लुम्बिनी लिगमा पहिलो जितको खोजीमा छ।
सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ।
उसले पहिलो खेल विराटनगरलाई ९० रनले, दोस्रोमा कर्णालीलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो।
चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ।
चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भने कर्णालीसँग ६ विकेटले पराजित भएको थियो।
जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्।