Breaking News

लकडाउन खुकुलो पार्ने विषयको छलफलमा बिज्ञहरुसँग प्रधानमन्त्रीको ४ घन्टा

२१ जेठ, काठमाडौं । जारी लकडाउनको अब कसरी अगाडी बढाउने देशको आर्थिक क्षेत्र कसरी चलायमान बनाउने तथा व्यापार व्यवसाय कसरी खुल्ने भन्ने बिषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो ।

बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । तर मोडालिटीबारे भने उहाँहरुले आ–आफ्नो तरिका सुझाउनु भएको छ’ बताइएको छ ।

सबै सहभागी बिज्ञहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आधाभन्दा बढी सम्बोधन गरेका थिए । उनले पूर्वीय दर्शन र नेपाली औषधिजन्य जडिवुटीबारे पनि ध्यान दिन सुझाएका छन् । साथै सबैले उच्च मनोबल बनाउनुपर्नेमा जोड दिएको कुरा सो छलफलमा सहभागी एकजनाले जानकारी दिएका छन् ।