काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी सम्बन्धि अपराधमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परी कास्की प्रहरी कार्यालयको हिरासतमा रहको रविलाई सहकारीको रकम अपचलन विषयमा कास्की, नवलपरासी, काठमाडौं मा बयान सकेर हिजोबाट चितवनमा उनको बयान चलिरहेको बेला त्यही खालको काण्डमा उनलाई आज वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको बुझिएको छ ।