सियोल । दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विधेयक पेस गरेका छन् । दक्षिण कोरियाली संसदमा रहेका ६ वटा विपक्षी दलले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउन माग गर्दै बुधबार विधेयक दर्ता गरेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी लगायत ६ वटा पार्टीहरूले युनको अल्पकालीन मार्शल ल डिक्रीलाई लिएर राजनीतिक तहमा व्यापक आलोचना भएपछि संयुक्त रूपमा महाभियोग प्रस्ताव प्रस्ताव गर्ने निर्णय गरेका हुन । योनहापका अनुसार शुक्रबार वा शनिबार मतदान हुने गरी बुधबार नेशनल एसेम्बलीको पूर्ण सत्रमा यो विधेयक पेश गर्ने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियाको संविधान अन्तर्गत संसदको बहुमत सदस्यले महाभियोग प्रस्ताव गर्न सक्नेछन । सबै सांसदहरूको दुईतिहाईले सो महाअभियोगलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।
त्यसपछि यो प्रस्ताव सर्वोच्च अदालतसँगै दक्षिण कोरियाको सर्वोच्च अदालत मध्येको एक संवैधानिक अदालतमा जानेछ । कम्तिमा ६ जना न्यायाधीशले संविधान अनुसार महाभियोग अघि बढाउन सहमत हुनु पर्ने कानुनी ब्यवस्था रहेको छ ।
संविधान बमोजिम महाभियोगको फैसला नभएसम्म राष्ट्रपतिलाई सो प्रक्रिया कायम रहुञ्जेल आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिने छ ।
राष्ट्रपतिले मंगलबार मार्सल ल लागू गर्ने घोषणा गरेका थिए । तर, विपक्षीको विरोधका कारण केही घण्टामै आफ्नो निर्णयबाट पछि हटेका थिए ।