स्थानीय तह उपनिर्वाचनको हिजो अन्तिम चुनाव प्रचारप्रसारण भएकाले नेपाली कांग्रेसले हिजो कीर्तिपुरमा चुनावी सभा गरेको थियो । सभामा प्रमुख वक्ताको रुपमा सभामा बोलेका महामन्त्री गगन थापाले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डप्रति इकित गदै भने प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर खबर पठाउने गरेको कुरा खुलाका छन्।
सभामा महामन्त्री थापाले भने, तर कांग्रेस असार १७ मा एमालेसँग भएको सहमतिअनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको बाचा पनि सुनाए।
‘हिजै माओवादीले पनि कीर्तिपुरमा चुनावी आमसभा गरेको थियो । त्यसतर्फ मोडिदै थापाले भने, अहिले भर्खर प्रचण्डले कीर्तिपुरमै बोलेर जानुभएछ, यो-यो कारणले गर्दा सरकार बदलियो भनेर भन्नुभयो । थापाले भने, कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो, आज कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ, कांग्रेसलाई प्रधानमन्त्री बन्न नआउने भएर होइन।’
सभामा थापाले बेरोजगारीका विरूद्ध, गरिबीका विरूद्ध र विधिका पक्षमा आफु लड्न चाहेको बताए ।
‘हामी सबै खालका ठगहरूसँग लड्न चाहन्छौं, हामी सबै खालका चटकेहरूसँग लड्न चाहन्छौं,’ ‘त्यो ठग कांग्रेसको रूखमुनि बसेको छ भने पनि त्यहाँबाट तानेर झ्यालखानामा लैजाने जिम्मेवारी हाम्रो हो। नयाँ होस् कि पुरानो होस्, सहकारी ठग्ने होस् कि मान्छेलाई झुक्याएर विदेश लैजाने मानिस होस् जतिसुकै शक्तिशाली र जुनसुकै पार्टीको होस् आज बच्ला भोलि बच्दैन हामी छौं।