राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिजो बिहीबार अपराह्न काठमाडौं ल्याइएको छ।
अपराह्न ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको थियो। सहकारीको रकम अपचल गरेको आरोपमा कार्तिक २ गते पक्राउ परेको उनलाई नवलपरासी र कास्कीमा बयान लिइसकेको छ । उनलाई हाल कास्की प्रहरी कार्यालयमा थुनामा राखिएका भए पनि काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि उनलाई काठमाडौं ल्याइएको हो। रवि लामिछानेलाई काठमाडौं विमानस्थलमा ल्याइएपछि उनको पक्षमा नाराबाजी समेत भएको थियो।
सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनको आज सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइने बुझिएको छ।