Breaking News

मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आजबाट राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आजबाट राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्थाअनुसार आज राति १२ बजेदेखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिका समयमा कुनैपनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भन्दाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।