Breaking News

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट तल झर्यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ ।

आज (बिहीबार) बिहान ५ः४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको हो ।

हिजो (बुधबार) उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो ।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले आहिले बिहान ८ः४५ बजे सार्वजनिक गर्नेछ । त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटबढ हुन सक्छ ।

अहिले बिहान काठमाडौं उपत्यकाका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ । दिउँसो आकाशमा थोरै बादल आउने सम्भावना रहे पनि आज उपत्यकामा पानी पर्ने सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।