२१ जेठ, काठमाडौं । लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ ।
र, लक्षण नभएका र हल्का लक्षण भएकाहरु घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि लापना गर्नुपर्ने सर्तहरु छन् ।
हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्ने लगायत छन् ।
यसरी आइसोलेनमा बसेकाहरु मध्ये लक्षण नदेखिएकाहरु १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरु १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।
आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका यस प्रकार छ :
Isolation-Guidelines-Final-2077-02-20