Breaking News

जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले घाटीमा पासो लगाएर आत्महत्या

बुटवल । जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीको शौचालयमा घाटीमा पासो लगाएर आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले दशैंको बेलामा पिङ खेल्न गएका बेला नाबालकलाई करणी आरोपमा प्रहरीले पक्राउ परेका थिए।

मृत प्रहरी जवानले गन्जी र टिसर्टको घाटीमा पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा फेला परेको जल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।