१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत हिजो आइतबार बेलुका भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलको निर्धारित र अतिरिक्त समयमा समेत खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो ।
ट्राइबेकरमा नेपालले भारतलाई ४–२ अन्तरले हराउँदै फाइनलमा गएको छ । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको नेपाल र भारतको सेमिफाइन खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी दर्शकको उपस्थित रहेको थियो । आयोजकले बताए अनुसार हिजोको खेलमा रंगशालामा १८ हजार ९ जना दर्शक खेल हेर्न आएको बतायो । सिटमा संख्या भन्दा बढी भएपछि दर्शकहरु हिँड्ने ठाउँमा पनि बसेर वा उभिएर खेल हेरेका थिए ।