Breaking News

विपक्षी दलले भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने

४ कात्तिक, काठमाडौं। विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो ।

माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापनपत्र तयार गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एमालेका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए। ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने हो । राष्ट्रपति र सभामुखलाई हामीले यसो गरेका छौं है भन्ने जानकारी गराउने हो,’ पाण्डेले भने।

कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् ।