Breaking News

लमजुङको मकैडाँडा मोडमा जीप दुर्घटना हुँदा २२ जना घाइते पाँच जनाको अवस्था गम्भिर

२७ असोज, काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।
टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ।