Breaking News

पत्रकार हुँ भन्दै हिड्ने अश्विन दानी पक्राउ

गोरखा । आफुलाई पत्रकार भन्दै चिनाउने गोरखा नगरपालिका-३ नारेश्वरका अश्विन पक्राउ परेका छन्।

उनी अहिले दोस्रो पटक पक्राउ परेका हुन्। मुगामाला, टल्कने पत्थर ठगी गरेको आरोपमा गत चैतमा पक्राउ परेर धरौटीमा रिहा भएका गोरखाका दानी फेरि अर्को आरोपमा काठमाडौंबाट पक्राउ परेका छन् । आपराधिक लाभ लिने उद्देश्यले डरत्रास देखाई माग गरेको रकम(एक्सटर्सन)सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई पक्राउ गरेको हो ।
‘आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तबरले डरत्रास देखाई रकम माग गरेको भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न अश्विन दानीलाई पिडितसंग लिएको रकमसहित कपनबाट पक्राउ गरेको हो’, उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।’
दानीलाई जिल्ला प्रहरी कार्यालय नुवाँकोटले चन्द्रबहादुर तामाङको जाहेरी अनुसार ठगी मुद्दामा पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरेको थियो । गत ३० फागुनमा तामाङसंग मुगाको माला र टल्कने पत्थर किन्न भन्दै बिदुर नगरपालिका–७ महादेवखर्क नुवाँकोटस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । ठगी गरेको सामान मुगा माला चार थान, सिमाला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद गरी थुनामा राखेर अनुसन्धान गरेको थियो