केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले भने, ‘यो सरकारले घुस खाँदैन । भात, दालरोटी खान्छ ।’ ओली गृहमन्त्री, पराराष्ट्रमन्त्री हुँदै प्रधानमन्त्री बनेका व्यक्ति हुन् । उनी हालसम्म चार पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । अहिले आम नागरिक उनलाई प्रश्न गर्छन्, ‘घुस नखाएको भए भक्तपुरको बालकोटमा सात रोपनी जग्गामा दरबारजस्तो घर कसरी बन्यो ? झापा र तेह्रथुममा घडेरी कसरी आयो ?’ ओलीको घडेरीसँगै अहिले अर्को चिजको पनि खुब चर्चा चुलिएको छ । उनको हातमा बाँधिएको घडीको मूल्य झण्डै तीन करोड रहेको बताइन्छ ।
उनले लगाएको चस्माको फ्रेम मात्र लाखौं पर्ने सुनिएको छ । त्यस्तै, कोट सात लाख, दाउरा सुरुवाल डेढ लाख, जुत्ता एक लाखसहित उनले लगाउने हरेक कपडा महँगा रहेको भन्दै बजारमा बहस सुरु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नै देशको पानी पिउँदैनन् भन्ने कुरा त हामी सबैलाई अवगत नै छ । तर, उनी विदेशीबाट ल्याएर दिनमै ७० हजार मूल्य बराबरको पानी पिउँछन् । ओलीको स्वदेशी तथा विदेशी बैंक, सेयर, सुन, गरगहनालगायतमा पनि अर्बौको लगानी रहेको बताइन्छ । हुन त उनकी पत्नी राधिका शाक्य राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् । यद्यपि, एउटा कर्मचारीले यत्रो सम्पत्ति जोड्न सक्छ ? यदि प्रधानमन्त्री ओली जनताप्रति जवाफदेही छन् भने उनले तत्काल यत्रो सम्पत्ति कसरी जोडेको भनेर बताउनुपर्छ ।
साथै, उनकी श्रीमतीको कर्मचारी रहँदाको तलबभत्ता वा आम्दानीबारे पनि सार्वजनिक गर्नुपर्छ । ओली एउटा गरिब परिवारमा जन्मिएका हुन् । दुर्गम जिल्ला तेह्रथुममा जन्मिएका उनले कसरी यत्रो सम्पत्ति जोडे ? के हो भ्रष्टाचार होइन र ? प्रधानमन्त्री ओली २००८ फागुल्न ११ गते जन्मिनुअघि उनको पुर्खौली सम्पत्ति कति थियो ? के यो सार्वजनिक गर्न सक्नुहुन्छ, प्रधानमन्त्रीज्यू ? उनी आफैं भ्रष्टाचारी छन् । तर, भ्रामिक कुरा गरेर अझै पनि जनतालाई अल्मलाइरहेका छन् । यदि उनले भ्रष्टाचार गरेका होइनन् भने उनको यत्रो सम्पत्ति कहाँबाट आयो ? बालकोटमा दरबारजस्तो घर कसरी बन्यो ? कि त्यो घर उनको होइन ? अब यसको जवाफ सर्वसाधारणले पाउनैपर्छ । जनताले तिरेको करबाट सबैभन्दा बढी उपचार गराउने ओली नै हुन् ।
यसअघि प्रधानमन्त्री हुँदा उनी सिंहदरबार कम बालुवाटारमा बढी हुन्थे । देशविदेशको अस्पतालमा उनलाई करोडौं रुपैयाँ खर्चिएर उपचार गराइयो । प्रधानमन्त्री हुँदा काम कम उखानटुक्रा बढी गथ्र्यो । मन्त्रिपरिषद्को बैठकदेखि पार्टीको बैठकसम्म बालुवाटारमै राख्थे । ओलीले पहिला पनि प्रधानमन्त्री हुँदा जनताको कर मास्नेबाहेक अरु केही गरेनन् त यस पटक पनि सोही गतिविधि दोहोरिदैँछ । ओलीले आफु राजनीतिक कारणले १४ वर्ष जेल जीवन बिताएको दाबी गर्दै आएका छन् । तर, उनी राजनीति कारण नभई अपराध गरेकाले जेल बसेका थिए । ०२८ सालमा झापामा एक जनाको व्यक्ति खाना खाइरहेकै अवस्थामा उनले घाँटी छिनालेका थिए । त्यसपछि उनलाई कैद सजाय सुनाइएको थियो । ०६२÷६३ सालमा १९ दिन जनआन्दोलन भयो ।
सो अवधिमा सयौंको मृत्यु भयो भने हजारौं घाइते भए । त्यतिबेला ओली राजावादी थिए । उनी भन्थे, ‘गाडा चढेर अमेरिका पुग्दैँन । आन्दोलन गरेर देशमा लोकतन्त्र गणतन्त्र आउँदैन ।’ १९ दिने आन्दोलनमा ओली एक दिन पनि सडकमा उत्रिएको देखिएन । बरु उनी राजा ज्ञानेन्द्र शाहसँग नजिक थिए । त्यसको फलस्वरुप ०६४ चैत्र २८ गतेको निर्वाचनमा उनी पराजत भए । यतिबेला मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापना भइसकेको थियो । त्यसपछि महेश बस्नेतसहित केही गुण्डाहरुले साथ दिएपछि ०७१ सालमा भएको पार्टीको निर्वाचनमा उनी माधवकुमार नेपाललाई हराउँदै अध्यक्ष बने । विगतमा मुलुकमा राजनीतिक परिवर्तनका लागि ओलीको कुनै पनि योगदान छैन । उनी त लोकतन्त्र गणतन्त्रको विरोधी हुन् । यसैले, यो व्यवस्था ल्याउनमा उनको केही योगदान पनि छैन ।
मओवादीले ०५२ फागुल्न १ गते जनयुद्ध सुरु गर्यो । ०६२÷०६३ सालसम्म हजारौं मानिस शहिद भए । लाखौं घाइते भए । कयौं बेपत्ता भए । माओवादीको जनयुद्धमा ओलीको एक जना आफन्त वा परिवार पनि शहिद भएन । न त कोही घाइते वा बेपत्ता नै भए । अनि व्यक्तिबाट पनि लोकतन्त्र गणतन्त्रको ठुल्ठुलो भाषण सुहाउँछ ? एमालेले भन्दै आएको छ कि हामीले वृद्धवृद्धालाई भत्ता दिएका हौं । यही भ्रम फैलाएर ०७० सालमा एमालेले भोट मागेको थियो । ‘हामीलाई भोट दिएर चुनाव जिताउनुस् । हामी मासिक भत्ता पाँच हजार पुर्याउँछौं,’ त्यतिबेला एमालेका नेताहरु भन्थे । ०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो ।
काँग्रेस र माओवादी मिलेर चुनाव लडेको थियो र बहुमत पनि ल्यायो । त्यतिबेला प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवा थिए । उनले जन्मिएको मितिले ६५ वर्ष पुगेपछि भत्ता दिने, मेरुदण्ड भाँचिएका, मिर्गौला पीडित, मस्ष्तिक रोगीजस्ता दीर्घकालीन रोग भएकालाई मासिक पाँच हजार दिने निर्णय गरे । ओली ०७४ फागुल्न ३ गते प्रधानमन्त्री बने । उनले शेरबहादुर देउवाले गरेको सम्पूर्ण निर्णय उल्टाइदिए । जबकी उनी आफैंले भने जनताले तिरेको अर्बौ खर्चिएर मिर्गौला फेरे । त्यतिखेर ओली प्रधानमन्त्री हुँदा नेपालको वैदेशिक ऋण ६ खर्ब थियो । तर, ०७८ असार २८ गते प्धानमन्त्री पदबाट हट्दा विदेशी ऋण २१ खर्ब पुग्यो ।
जनताले तिरेको करोडौं कर खर्चिएर आफ्नो निर्वाचन क्षेत्र झापामा भ्युटावर बनाए । यसअघि प्रधानमन्त्री हुँदा जननिर्वाचित सांसदलाई उनले मन्त्री बनाएनन् । राष्ट्र बैंकबाट पेन्सन पकाएका कर्मचारी युवराज खतिवडालाई अर्थमन्त्री बनाए । ०७४ सालमा जुम्लाबाट चुनाव जितेर आएका माओवादीका सांसद गजेन्द्रबहादुर महत ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै सदनमै रोए । ०७६ साल चैत्र ११ गते र ०७८ वैशाख १६ गते गरी दुई पटक उनले मुलुकमा लकडाउन गरे । लकडाउनका कारण कतिपय सर्वसाधारणले खान नपाएर आत्महत्या गरे । अधिकांश नागरिक महिनौं दिनको बाटो हिँडेर आफ्नो गाउँघर पुगे भने कतिपयलाई टुँडिखेलमा मनकारीहरुले खाना खुवाए । तद्यपि, त्यो समयमा सरकारले सर्वसाधारणको निम्ति केही गरेन । उल्टै आफ्नो गाउँघर जान लागेका जनतालाई लखेटियो ।
लकडाउनको समयमा जनता खान नपाएर मरिरहँदा वा खुट्टा सुन्नाएर गाउँघर फर्किरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा कहिले तीजको कार्यक्रम राख्थे त कहिले बासुरी बजाएर बस्थे । कहिले भने आफ्ना पार्टीका नेतालाई बोलाएर सरकारको विरोध गरेमा कालो अजिगंरजसरी डस्न निर्देशन दिन्थे । गत असोज ११ र १२ गते मुलुकमा अविरल वर्षा हुँदा काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा बाढीपहिरो गयो । बाढीपहिरो र डुबानबाट ठुलो जनधनको क्षति भएको छ । देश शोकमा बितिरहँदा वा यत्रो ठुलो विपत्तिको सामना गरिहँदा प्रधानमन्त्री ओली भने अमेरिकामा थिए । यद्यपि, उनी आफ्नो कार्यक्रम छुट्याएर स्वदेश फर्किएनन् । आफ्नो तोकिएकै कार्यतालिकामा मात्र फर्किए । जब जनतालाई सबैभन्दा बढी आवश्यकता थियो सरकारको, त्यतिबेलै प्रधानमन्त्री अमेरिका थिए । उनले जनतालाई भन्दा पनि आफ्नो कार्यक्रमलाई बढी महत्व दिए । यदि उनलाई देश र जनताको पर्वाह हुन्थ्यो भने उनी तत्कालै स्वदेश फर्किन्थे । तर, उनले त स्वदेश फर्केर पनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । भने, ‘म भैसी दुहुन अमेरिका गएको होइन ।’ यतिसम्म कि अमेरिका जाँदा र आउँदा पनि एयरपोर्टमा घण्टौं विमान रोकिदिए । आफ्नो कामका लागि हिँडेका सर्वसाधारणलाई घण्टौ कुराए ।
अब जनताले यो सरकारको काम देखिसकेका छन् । विपत्तिमा साथ नहुने सरकारबाट जनताले अरु के के आशा गर्ने ? त्यसैले, अब ०८४ सालको निर्वाचनमा एमालेसँगै काँग्रेस पनि सकिने छ । एमाले त काम नगरेर गयो । तर, काँग्रेस पनि एमालेसँगै सति जाने भयो । हुन त आफ्नो भ्रष्टाचारलगायत विभिन्न काण्ड लुकाउन यी दल मिलेका हुन् । तर, अब साँच्चिकै जनताले यीनीहरुलाई आफ्नो ठाउँमा पुर्याउने छन् ।