Breaking News

जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले महासंघको निर्वाचन मङ्सिर २८ गते निर्वाचन गर्ने निर्णय

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको पटकपटक निर्वाचन मिति तोक्दै सूचना टाँसेर स्थगित हुँदै आएको थियो । यस विचमा महासंघ अध्यक्ष पोखरेलले समयमैे निर्वाचन सम्पन्न गर्न सकिन भनी अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसपछि कार्यवहाकको अध्यक्ष सम्हालेका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पनि निर्वाचन गर्न सकिएन भन्दै कार्यवहाक अध्यक्षबाट राजीनामा दिएका दिएपछि महासंघमा देखिएको उत्पन्न समस्यालाई समाधानका लागि हिजो बसेको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले महासंघको निर्वाचन मङ्सिर २८ गते शुक्रवार तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिवार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।

भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ । यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।

सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको बुझिएको छ ।