Breaking News

अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने मात्र होइन, जीवनका सबै सपना झ्याप्ले पहिरोमा पुरिए

१३ असोज, बुटवल । लगातार आएको बर्षासँगै आएको पहिरो र बाढीले देशका धेरै ठाउँमा धनजनको क्षति गरेको छ । यसै क्रममा बुटवलका जुम्ल्याहा दीपेश र दीपिका भट्टराई बंगलादेशमा हुन लागेको अन्तरिक्ष र खगोल विज्ञान सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन काठमाडौ आउने क्रममा उनीहरु काठमाडौ नपुग्दै काठमाडौ र धादिङको सिमना झ्याप्ले खोलमा अस्ताएका छन् ।

कक्षा १० मा अध्ययनरत उनीहरु जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतिस्पर्धामा अब्बल भएका थिए । नेपालको प्रतिनिधित्व गर्ने गरी दीपेश पहिलो र दीपिका पाचौं स्थानमा छनोट हुन सफल भएका थिए ।

प्रतियोगितामा देशभरका विद्यालयबाट १९ जना छनोट भएका थिए ।

बंगलादेश जानुपूर्व उक्त कार्यक्रमको तयारीका लागि तालिम लिन दीपेश–दीपिका आमा सीता भट्टराईसंगै गत शुक्रबार उनीहरु शुक्रबार बिहान बुटवलबाट लु १ज ४५७८ नम्बरको विङ्गर भ्यानमा काठमाडौं जान हिंडेका थिए ।

भारी वर्षा भइरहेको थियो उनीहरु चढेको भ्यान काठमाडौ पुग्न केही मिनेटको बाटो मात्र थियो तर जब भ्यान धादिङको झ्याप्लेमा पुग्दा पहिरोमा पर्‍यो ।

झ्याप्लेमा गाडी पुरिँदा जुम्ल्याहा दाजु–बहिनी दीपेश–दीपिका, आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए ।