Breaking News

आगामी तीन दिन तीन सय मिलिमिटर बढी वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तीन सय मिलिमिटर बढी वर्षा हुने अनुमान गरेको छ। महाशाखाले आगामी तीन दिन नेपालका पश्चिमी र मध्य भागहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा द्वारा सञ्चालित गणितीय मौसम पूर्वानुमान मोडल ।।।।।।अनुसार आगामी तीन दिनको लागि पूर्वानुमान गरिएको हो।

महाशाखाले मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारण हुने क्षति कम गर्न सचेत , सजग र सतर्क रहनका साथै आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ।