Breaking News

जिसस कास्कीको जनप्रतिनिधिहरूको लागि दलित मैत्री कानुन ब्यबहारिक सिकाइ अभ्यास र अनुभव बिषयक अन्तरक्रीया कार्यक्रम

 असोज ८ ,पोखरा , जिल्ला समन्वय समिति कास्कीले जनप्रतिनिधिहरूको लागि दलित मैत्री कानुन ब्यबहारिक सिकाइ अभ्यास र अनुभव बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा दलित मैत्री कानुनको ब्यबहारिक कार्यान्वयन सहित कठिनाइहरूको पहिचान र निराकरणका निम्ति सो कार्यक्रम आयोजना गरिएको बताउदै समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरूको प्रभाबकारी भुमिका स्थापित हुने बिश्वास ब्यक्त गर्नु भयो। कास्कीका सबै पालिकाहरूमा दलितमैत्री नीति ,कार्यक्रम र बजेट अझै थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन पौडेलले आग्रह गर्नुभयो ।

रूपान्तरकारी समाज निर्माणमा सबै लागिपर्न पौडेलले आग्रह गर्नुभयो ।संविधान र कानुनले ब्यबस्था गरेका बिषय र अभ्यासको क्रममा देखिएका कठिनाइ निराकरण सम्बन्धमा सो कार्यक्रममा घनिभुत छलफल भएको थियो। कार्यक्रममा अधिबक्ता भगवती पाहारीले दलित मैत्री कानुन र ब्यबहारिक अभ्यास सिकाइ र अनुभव विषयमा कार्यपत्र सहित कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

 कार्यक्रममा कास्कीका पालिकाहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डेङ्गु रोगकारण रोकथाम र उपचारका सम्बन्धमा सचेतनामूलक प्रशिक्षण समेत सम्पन्न भएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।