Breaking News

दुर्गा प्रसाईँका समर्थकले उनको रिहा माग गर्दै मुखमा टोप लगाएर मौन प्रदर्शन

काठमाडौँ । दुर्गा प्रसाईँ केही दिन अघि पक्राउ परेपछि त्यसको बिरुद्धमा आज उनका समर्थकले रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रर्दशनमा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध गरेका छन्। प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका
थिए ।

प्रसाईँ लाई जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।