Breaking News

म मान्छे बेचेर राजनीतिमा आएको नभइ जनता बचाएर राजनीतिमा आएको व्यक्ति हुँ

काठमाडौँ । सहकारी प्रकरणमा गोरखा मिडियाका तत्कालीन संचालक छविलाल जोशी प्रक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत पक्राउ पर्ने हल्ला चलेप,छ एकाएक पार्टी कार्यालय धुम्वाराहीमा नेता तथा कार्यकर्तालाई उपस्थिति हुन अनुरोध अनुसार भेला भएका नेता तथा कार्यकर्तालार्य सम्बोधन गर्ने क्रमम भने,आफूले केही नबिराएको र नडराएको भने । उनले भने आफूमाथी किन यति धेरै प्रहार भइरहेको छ, आफुले नबुझेको तर यस खालको हत्कण्डका बिरुद्ध आफु नडराउने समेत बताए ।

‘रबि लामिछाने बोल्ने क्रमा आफु मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हुँ । उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको बताए ।

पार्टी कायालयमा उपस्थित पत्रकार तथा कार्यर्तालाई माझ बोल्ने क्रममा उनले सबैलाई धन्यवाद दिनुका साथै यो सरकारबाट आफु ढुक्क नभएकाले आफूलाई जतिखेर पनि जे पनि हुन सक्ने भन्दै आफ्नोे बचाउको लागि आवहन समेत गरेका थिए । सम्बोधन पनि उपस्थित नेता तथा कार्यकर्ताले उनको पक्ष नाराबाजी गरेका थिए ।

रवि लामिछाने