Breaking News

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

७ असोज, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आज साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।