Breaking News

संविधान दिवसको अवसरमा सरकारले काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका छन् ।

सांगितिक कार्यक्रम अवधिकर दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।