१९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रकित थपिने क्रममा आज सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नियमित पत्रकार सम्मेलनमा केही समय अघि २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पख सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।
सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।