Breaking News

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

३० भदौ, चितवन । असार २८ गते दुईवटा बस सहित ६२ यात्रु त्रिशूली नदीमा खसेका ठाउँ सिमलताल क्षेत्र मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको बताइएको छ।