Breaking News

वाईफाई रिचार्जको विवादमा श्रीमतीमाथि खुर्पा प्रहार गरी हत्या

२६ भदौ, जनकपुरधाम । बारामा एक व्यक्तिले रक्सी खाएको तालमा अन्धाधुन्ध खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आमालाई बचाउन गएका दुई छोरीलाई समेत भएकी छन् ।

निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाबुले आमामाथि खुर्पा प्रहार गरिरहेका बेला आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् ।

जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

हिजो मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी टिल अवस्थामा घर आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।

त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए ।

श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।