Breaking News

सरकार र संसदका समग्र काम थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सत्तारूढ दलहरूको बैठकले सहमति

बालुवाटारमा भरखरै सकिएको सत्तारूढ दलहरूको बैठकले सरकार र संसदका समग्र काम थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताइएको छ।

बैठकले कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको छ। बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरू गर्ने लगायत विषयमा छलफल भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको थियो ।

बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको छ। यसैगरी सत्तारूढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसदाका काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल सहभागी थिए।