Breaking News

दोलखा पोखरा मिलन समाज को २३ औं साधारण सभा सम्पन्न

दोलखा बाट पोखरा आएर पोखरालाई कर्मथलो बनाएर  बस्ने दोलखाली हरूको संस्था दोलखा पोखरा मिलन समाज को २३ औं साधारण सभा सम्पन्न गरेको छ |सो संस्थाका   सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायण कृष्ण श्रेष्ठ  प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो |

संस्थाले दोलखा माइती वा घर हुने चेलीहरूलाई  को तीजको शुभकामना आदान प्रदान साथै चेलीबेटी भेटघाट कार्यक्रम पनि सोहि दिन राखेको थियो |कार्यक्रममा ताओ दर्शन पोखराका प्रमुख  आनन्द दाहाल, सल्लाहाकारद्वय   मान बहादुर थापा  र पेमा डोमा शेर्पाले हरितालिकाको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा ९० वर्षीय ज्येष्ठ नागरिक चन्द्र माया खड्कालाइ दोसल्ला सहित  सम्मान गरिएको थियो।संस्थाका  अध्यक्ष  धन बहादुर खड्का ( भरत) को अध्यक्षतामा कार्यक्रम संपन्न भएको  सँस्थाका  सचिव कमल बस्नेतले जानकारी गराय।