Breaking News

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बरर्खास्त गर्न माग

१८ भदौ, काठमाडौं । केही दिन अघि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रममा प्रहरी महानिरिक्षकको जिब्रो थुत्नु पर्ने बताए पछि अहिले सवत्र विरोध भएको छ । यसै बिषयमा आज नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले लाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । दुबै जनाले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु ।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बालाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’

साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।